आन्तरिक हवाई उडानमा अत्यधिक चाप

आयल निगमलाई ध्वस्त बनाएर मोटो रकमको चलखेल भइहेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आयल निगमलाई ध्वस्त बनाएर मोटो रकमको चलखेल गरिरहेको बताउनुभएको छ ।

सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार सहभागि हुनुहुँदै उहाँले सरकार गम्भीरतापूर्वक नसोची आयल निगमलाई ध्वस्त बनाएर मोटो रकमको चलखेल गरेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले सरकारले गम्भीरतापूर्वक नसोची आयल निगम निजि क्षेत्रलाई दिएर पेट्रोल आयात गर्न दिन खोजेको बताउनुभयो । ‘वर्तमान सरकार आयल निगम गाभ्ने होइन, खारेज गर्ने र अन्त्य गर्ने षडयन्त्रमा लागेको छ’,उहाँले भन्नुभयो । 

अहिले राष्ट्रलाई खोक्रो पार्ने उदेश्य भैरहेको छ र नेपाली जनता सजग रहनु पर्ने अध्यक्ष ओलीले बताउनुभएको छ । 
 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : १९ बजे