आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रतिपक्षलाई टर्च बालेर खोज्ने बनाउनुपर्छ भन्ने कहीँ सुनेको छैन :अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँमा प्रतिपक्षलाई टर्च बालेर खोज्नुपर्ने कहीँ कतै नसुनेको बताउनुभएको छ । बिहीबार संसद्मा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । 

‘मैले प्रतिपक्षलाई सिद्ध्याउँछु टर्च बालेर खोज्नुपर्ने बनाउँछु भन्ने कहीँ कतै सुनेको छैन ’,उहाँले भन्नुभयो । उहाँले नेकपा एमाले सधैँ लोकतन्त्रको पक्षमा उभिने गरेको बताउनुभयो । ‘नेकपा एमाले लोकतन्त्रको पक्षमा अहिले देखि होइन राणा काल देखिनै हामी लोकतन्त्रको पक्षमा उभिँदै आएको हो’,उहाँले भन्नुभयो ।

उहाँले नेकपा एमाले पृथकतावादी,राष्ट्रिय अखण्डता विरोधी,संविधान विरोधी पार्टी नरहेको बताउनुभयो । ‘नेकपा एमाले आजको संविधान ल्याउन सबैभन्दा अग्रणी भूमिका खेलेको पार्टी हो,यो प्रणाली ल्याउन अग्र मोर्चामा रहेको पार्टी हो,यो पार्टी लोकतन्त्रको पक्षमा दृढतापूर्वक लागेको पार्टी हो’,उहाँले भन्नुभयो । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १२ : १० बजे