आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : अध्यक्ष ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेल मात्र तारेको जेरी जस्तो रहेको टिप्पणी गर्नुभएको छ  । 

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले ओलीले नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो रहेको टिप्पणी गर्नुभएको हो । 

“नीति तथा कार्यक्रम वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, सङ्गति नमिल्नु, चास्नीमा नडुबाएको तेल मात्र तारेको जेरी जस्तो, खल्लो, झुल्टिएको, चास्नीमा हाल्न नभ्याएको, अर्थ ननिस्कने छ”, उहाँले भन्नुभयो, प्रस्थान विन्दु के हो ? आदि के हो, मध्य के हो? थाहा छैन ।”

सरकार नै जेरी जस्तो रहेको भन्दै उहाँले भन्नुभयो, “सरकारकै नीति छैन । जेरीजस्तो गुजुल्टिएको, गन्तव्य नभएको । कुनै नीति छैन कहाँ पुग्ने ।” सरकारको नै नीति र गन्तव्य नै नभएको उहाँको भनाई छ  । 

 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १२ : ०१ बजे