आज वर्षाको सम्भावना

सत्ता र शक्तिको आडमा निर्वाचन षड्यन्त्रपूर्ण भयो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा षड्यन्त्र भएको बताउनुभएको छ । आज संसदमा बोल्दै उहाँले सरकारले सत्ता र शक्तिको आडमा षड्यन्त्रपूर्ण ढंगले निर्वाचन भएको बताउनुभएको हो । 

‘यसपालि त धाँधली मात्र भयो । यस्तो नाङ्गो ढङ्गले राज्य संयन्त्रको दुरुपयोग गरेर षड्यन्त्र र जाली ढङ्गले निर्वाचन भयो’,उहाँले भन्नुभयो । उहाँले यस्तो निर्वाचन पञ्चायतमा पनि नभएको बताउनुभयो । ‘यस्तो जाली षड्यन्त्र पूर्ण ढङ्गको निर्वाचन त पञ्चायतमा पनि हुँदैनथ्यो’,उहाँले भन्नुभयो । 

उहाँले अघिल्लो निर्वाचनमा सत्तामा गठबन्धन नै भएपनि यस्तो धाँधली नभएको बताउनुभएको छ । उहाँले अहिलेको निर्वाचन हिंसात्मक भएको बताउनुभयो । ‘अघिल्लो निर्वाचनमा पनि गठबन्धन दलनै थियो । तर,यस्तो हिंसात्मक भएको थिएन’,उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : ४३ बजे