आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौँ महानगरपालिका १३ मा एमालेका ध्रुवनारायण मानन्धर विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका १३ मा नेकपा (एमाले) विजयी भएको छ ।

काठमाडौँ महानगरपालिका १३ मा एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र मानन्धरले २ हजार ६५४ मत पाउनुभयो ।

महिला सदस्यमा एमालेका रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी हुनुभएको छ । खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी हुनुभयो । 

महानगरको अन्तिम मत परिणाम आउन बाँकी छ । अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ८ : ३३ बजे