आज वर्षाको सम्भावना

पाँच दलीय गठबन्धनको चुनौती चिर्दै हामी सुरक्षित भयौँ : शंकर पोखरेल

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन बनाएर आफूहरुको भविष्य समाप्त गर्न खोज्नेहरु पराजित भएको बताउनु भएको छ ।

गृह जिल्ला दाङको तुलसीपुर उपमहानगरपालिकामा आज आयोजित बधाई तथा शुभकामना सभालाई सम्बोधनका क्रममा पोखरेलले यस्तो भन्नु भएको हो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘एमालेको भविष्य समाप्त गर्न खोजियो। तर पाँच दलीय गठबन्धनको चुनौती चिर्दै हामी सुरक्षित भयौँ । २०७४ मा भन्दा धेरै जनादेश एमालेले अहिले पाएको छ। जसले गठबन्धनबाट चुनाव लडेकाछन् उनीहरुले भविष्य कमजोर बनाएका छन्।’

महासचिव पोखरेलले अब एमालेले जस्तोसुकै शक्तिसँग लड्न सक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमालेले अब जुनसुकै शक्तिसँग मुकाबिला गर्ने, लड्न सक्ने सामर्थ्य एमालेले बनाएको छ । ६ महिनापछि हामी फेरि चुनावमा जानुपर्ने छ। अब एमालेसँग मुकाबिला गर्ने सामर्थ्य कसैसँग छैन।’

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ९ : ३४ बजे