आज वर्षाको सम्भावना

नीति तथा कार्यक्रम सतही भएको एमालेको निष्कर्ष: कडा रूपमा प्रस्तुत हुन सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं –  नेकपा एमालेले सरकारले सदनमा पेस गरेको नीति कार्यक्रम सतही भएको भन्दै तर्कयुक्त तरिकाले चिरफार गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन निर्देशन दिनुभएको हाे । । ‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विष्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भन्नुभयो, ‘उहाँले संसदमा सशक्त रुपमा पेश हुन आग्रह गर्नु भएको छ ।’

बैठकमा अध्यक्ष ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरित कार्यक्रम राखेको उल्लेख गर्नुभएको थियो । संविधानको विपरित, राष्ट्रहित विपरितका कुरालाई सशक्त रुपमा उठाउन उहाँले सबैलाई आग्रह गर्नुभएको थियो । बैठकमा निर्वाचनको विषयमा गम्भिर छलफल नभएको नेता रावलले बताउनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ३६ बजे