काठमाडौं । पेट्रोलियम पदार्थ, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुमा भएको चरम मूल्यवृद्धिको विरुद्ध स्वरुप युवा संघ नेपाल र अनेरास्ववियुले सरकारी सवारी साधनको आवगमनमा रोक लगाउने भएका छन् ।
युवासंघ र अनेरास्ववीयले विहीबारबाट विरोधस्वरुप सरकारी सवारीसाधनको चाबी नियन्त्रणमा लिएर नजिकैको प्रहरी कार्यालयमा बुझाउने बताएको छन् ।
विहिबार विहान ५ बजेदेखि उपत्यकासहित प्रत्येक जिल्ला सदरमुकाम वा उपयुक्त स्थानमा सरकारी सवारीसाधन अवरोध गर्ने राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले जनाएको छ ।
प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार ६ : १८ बजे
प्रतिक्रिया