आज वर्षाको सम्भावना

एमाले भित्र खतरनाक ढंगको अन्तर्घात देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र खतरनाक ढंगको अन्तर्घात देखिएको बताउनुभएको छ ।

​​​​​​​अध्यक्ष ओलीले संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलका बैठकमा उपमेयर भारी मतले जित्ने र मेयरमात्र हार्ने कुरामा पार्टीभित्रकै असहयोग र अन्तर्घात प्रष्ट देखिएको बताउनुभएको हो । यसपटक एमालेमा खतरनाक ढंगको अन्तर्घात देखिएको भन्दै यसको विस्तृत समीक्षा गरिने समेत बताउनुभएको छ ।

उहाँले पोखरा र काठमाडौंलगायतका ठूला सहरमा मेयर हार्नुको कारण गठबन्धनभन्दा पनि पार्टीभित्रकै अन्तर्घात प्रमुख कारण देखिएको बताउनुभएको छ ।संसदीय दलका बैठकमा अध्यक्ष ओलीको सम्बोधन अझै जारी छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ५ : ०७ बजे