सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गए राती बसको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ ।
काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गए राती १ बजे पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो ।
बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार १० : ३५ बजे
प्रतिक्रिया