माथिल्लो मनाङमा हिमपात

अमेरिकामा बन्दुक हमलामा मारिनेको सङ्ख्या २१ पुग्यो

न्युयोर्क । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । 

रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् । 

आक्रमणमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।  सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । 

१८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्ध हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन । एजेन्सी

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ९ : ५९ बजे