आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नवलपरासीमा एमालेको उत्कृष्ट नतिजा ८ स्थानीय तह मध्ये ६ वटामा विजयी 

नवलपुर ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा नेकपा (एमाले) ले दुई तिहाइ स्थानीय तहमा सफलता हासिल गरेको छ । 

जिल्लाका ८ वटा स्थानीय तह— चार नगरपालिका र चार गाउँपालिकामध्ये तीन वटा नगरपालिकामा प्रमुख उपप्रमुख र दुई वटा गाउँ पालिकामा अध्यक्ष उपाध्यक्षका साथै एउटा गाउँपालिकामा अध्यक्ष गरी ६ वटामा विजयी हासिल गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज तिलक महतका अनुसार एमालेको तर्फबाट देवचुली नगरपालिकामा प्रमुख हरि नेउपाने र उपप्रमुख पार्वती तिवारी सदरमुकाममा रहेको कावासोती नगरपालिकामा प्रमुख विष्णुप्रसाद भुसाल र उपप्रमुख फुलकुमारी थनैत, मध्यविन्दु नगरपालिकामा प्रमुख भिमलाल अधिकारी र उपप्रमुख पूर्णकला चौधरी निर्वाचित हुनुभएको छ । 

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा घनश्याम गिरी र उपाध्यक्षमा भगवती वैदवार, बौदीकाली गाउँपालिकाको अध्यक्षमा प्रकाश ओझा उपाध्यक्षमा दिलकुमारी सारु, बुलिङटार गाउँपालिकामा दिपेन्द्र सुनारी निर्वाचित हुनुभएको छ । 

नेपाली काँग्रेसका तर्फबाट गैडाकोट नगरपालिकामा प्रमुख मदनभक्त अधिकारी र उपप्रमुखमा शान्ती कोइराला, हुप्सेकोट गाउँपालिका अध्यक्षमा लक्ष्मी पाण्डे र उपाध्यक्षमा पूर्ण सिं राना, बुलिङटार गाउँपालिका उपाध्यक्षमा दिलमाया राना निर्वाचित हुनुभएको छ । 

जिल्लामा ९२ वटा वडा रहेकोमा एमाले ले ४८ वटा वडामा विजय हासिल गरेको छ । 

राज्य पुर्नसंरचनापछि नवलपुरको भूगोललाई अलग्गै जिल्ला बनाइएको थियो । २०७२ सालमा नयाँ जिल्लाको रूपमा अस्तित्वमा आएकोले यस जिल्लालाई कान्छो जिल्लाको रूपमा समेत चिनिन्छ ।

 

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ९ : ०० बजे