प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज सञ्चालन गरिने 

काठमाडौं । सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा मेडिकल सञ्चालन गरिने भएको छ । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७९,०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने जानकारी दिनुभएको हो । 
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ४८ बजे