भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने

काठमाडौं । सरकारले सुर्खेतको भेरीगंगा रामघाटमा प्रादेशिक विमानस्थल बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत रामघाटमा प्रादेशिक विमानस्थल बनाउने जानकारी दिनुभएको हो । 

विभिन्न मुलुकमा नेपाली हवाई सेवा कम्पनीले सेवा प्रवाह गर्नका लागि सरकारले सम्झौता गर्ने पनि उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८०,०८१ देखि निर्माण सुरु गर्ने गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी तथा निर्माणको ढाँचा तयार गरिने पनि भण्डारीले बताउनुभयो । 

आगामी वर्ष चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगन्ज र धनगढीमा रहेको विमानस्थलमा सुविधाजनक टनेल निर्माण गर्ने, हवाई सेवालाई विस्तार र गुणस्तरीय बनाउने, हवाई क्षेत्रका सम्पूर्ण नियमहरु परिपालना गराउँदै अन्तर्राष्ट्रिय उडानका लागि नेपालका हवाई कम्पनीहरुको क्षमता अभिवृद्धि गर्ने नीति पनि सरकारले लिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ३९ बजे