दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

विपन्‍न नागरिकलाई राहत – विधुत मिटर निःशुल्क जडान गरिने

काठमाडौं । विपन्‍न वर्गका नागरिकका घरमा विधुत मिटर निशुःल्क जडान गरिने भएको छ । विपन्‍न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो । 

विधुत खपत बढाउन महसुल पुनरवलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विधुतको महसुल छुट गरिदिएको छ । 

ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताउनुभएको थियो । 

यस पटक भने सरकारले मिटर जडान निशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो । 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : २९ बजे