आन्तरिक हवाई उडानमा अत्यधिक चाप

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने 

काठमाडौं । राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९ र ०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने जानकारी दिनुभएको हो । 

साथै तीन तहकै बजेट कार्यान्वयनमा वित्तिय अनुशासन कायम गरिने उहाँले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : ०० बजे