आज वर्षाको सम्भावना

निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै राष्ट्रपतिद्वारा धन्यवाद ज्ञापन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताउनुभएको छ । 

आर्थिक वर्ष २०७९,०८० को वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको आधार स्तम्भ रहेको स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएको बताउनुभयो । 

उहाँले सरकार र निर्वाचन आयोगलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो । 

निर्वाचन सफलतापूर्वक सम्पन्‍न भएको पृष्ठभूमिमा संसद्को दुवै सदनलाई सम्बोधन गर्न पाउँदा उहाँले खुसीसमेत प्रकट गर्नुभयो । 

निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता भएको र सबै दल सहभागी भएको भन्दै हुनुलाई सकारात्मक भएको बताउनुभयो । 
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ४ : ४७ बजे