काठमाडौँ । मन्त्रीपरिषद् बैठकले सरकारको आगामी वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम पारित गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे बस्ने संसद् बैठकमा पेश हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट आउँदै छ ।
प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार ३ : ५६ बजे
प्रतिक्रिया