आज वर्षाको सम्भावना

कांग्रेसले पनि माग्यो पुनः मतगणना

पोखरा । पोखरा महानगरपालिका १८ मा एमालेले नौ मत हराएको भन्दै पुनः मत गणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ ।

वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणनाको माग गर्नुभएको हो । 

यहाँ एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जित्नुभएको थियो । प्रधानले एक हजार एक सय ४५ र गुरुङले एक हजार एक सय चार मत पाउनुभएको थियो । यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गर्नुभएको छ । 

उही ढाँचामा उहाँले निवेदन बुझाउनुभएको हो । उहाँहरू दुवैले पहिलेभन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राख्नुभएको हो । १७ नम्बर वडामा ८३ मत अन्तरले एमालेकी राधिका शाहीले चुनाव जित्नुभएको हो । शाहीले दुई हजार ६ सय २५ र आचार्यले दुई हजार पाँच सय ४२ मत पाउनुभएका थियो । 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ३ : ०६ बजे