माथिल्लो मनाङमा हिमपात

चिनियाँ विदेशमन्त्री र राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उच्चायुक्तबीच भेटवार्ता

ग्वान्जाउ । चिनियाँ विदेशमन्त्री वाङ यी र संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तबीच चीनमा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकारसमबन्धी उच्च आयुक्त माइकल बेचलेट हाल चीनमा हुनुहुन्छ । चीन पुग्नुभएका उहाँ र चिनियाँ विदेशमन्त्री वाङका बीचमा ग्वान्जाउमा भेटवार्ता भएको थियो ।

सो भेटमा आफूले संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्तलाई १७ वर्षपछि पहिलो पटक भेट गरेको जानकारी विदेश मन्त्री यीले दिनुभएको थियो । विदेशमन्त्री यीले संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको यो भ्रमण चीन र संयुक्त राष्ट्रसंघका बीचमा महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

यस भ्रमणबाट चीन र संयुक्त राष्ट्रसंघका बीचको आपसी समझ्दारीको विकासमा थप सहयोग पुग्ने चिनियाँ विदेशमन्त्री यीले बताउनु भएको छ ।
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १ : ४८ बजे