आज वर्षाको सम्भावना

काठमाडौं महानगरको ८०.२४ प्रतिशत मतगणना सकियो, कसले कति पाए ? 

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो । 

खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ । यो भनेको खसेको कूल मतको ८०।२४ प्रतिशत हो । अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ । 

आयोगका अनुसार हालसम्म भएको मतगणना अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सुरुदेखिको अग्रता कायम गरिरहनुभएको छ । यो भनेको मतगणना भएकोमध्ये ३३ प्रतिशत मत हो । 

काठमाडौं महानगरपालिकामा दोस्रो ठूलो मत नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले पाउनुभएको छ । उहाँले हालसम्म ३१ हजार ७३१ मत प्राप्त गर्नुभ्एको छ । उहाँले गणना भएकोमध्ये २१ प्रतिशत मत प्राप्त गर्नुभएको छ । 

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४४ मत प्राप्त गर्नुभएको छ। मतगणना भएकोमध्ये २० मत स्थापितले पाउनुभएको छ ।  

काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले ८ हजार ९८२ मत प्राप्त गर्नुभएको छ । उहाँले गणना भएकोमध्ये ६ प्रतिशत मत पाउनुभएको हो । 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १ : २८ बजे