रसुवामा गाउँ कार्यपालिकाको निर्वाचन तयारी

रसुवा। गाउँ कार्यपालिकाको पदाधिकारीको रिक्त पद परिपूर्तिका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरेको छ ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष एवं सदस्यको निर्वाचन गत ३० गते सम्पन्न भइसकेकाले गाउँ कार्यपालिकालाई  पूर्णता दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । प्रत्येक गाउँपालिकामा महिला एवं दलित वा अल्पसङ्ख्यकसहित  छ पदाधिकारी छनौटका लागि यहि जेठ  १६ गते निर्वाचन गरिने भएको छ । 

जिल्लाका पाँचवटै गाउँपालिकामा एकै दिन कार्यपालिकाको निर्वाचन गर्ने कार्यतालिका अनुरूप यहि जेठ १२ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म  मनोनयन पत्र  दर्ता गर्ने समय निर्धारण गरिएको छ  । गाउँ कार्यपालिकाले पूर्णता प्राप्त गर्नासाथ जिल्ला समन्वय समितिका पदाधिकारीको निर्वाचन प्रक्रिया अगाडि बढ्ने मुख्य निर्वाचन अधिकृत नेपालले बताउनुभयो ।
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १ : ११ बजे