पोखरा । पोखरा महागरपालिकाको वडा नम्बर १८ मा नौ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ ।
एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले मतगणनामा धाँधली भएको बताउनुभएको छ । ‘गणनामा गम्भीर त्रुटी छ । हराएको नौ मत हाम्रो हो,’ न्यौपानेले भन्नुभयो, ‘यो गणनामा गम्भीर आशंका छ ।’
उहाँले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताउनुभयो । एमालेका उम्मेदवार थापाले १ हजार ६४० कांग्रेसका तिमिल्सिनाले १ हजार ४४६ मत ल्याउनुभएको थियो ।
मत ४ हजार २४७ खसेकोमा ४ हजार २३८ मात्र भेटिएको थियो ।
प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार १ : ०७ बजे
प्रतिक्रिया