दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सिराहामा ट्रयाक्टरबाट खस्दा किशोरको मृत्यु 

सिराहा । सिराहाको गोलबजार नगरपालिका–६ लभटोलीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय १६ वर्षीय रामरिजन सदाय रहनुभएको छ ।

ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा गोलबजार स्थित लौङ लाईफ अस्पतालमा मृत्यु भएको हो । 

प्रदेश २–०१–००१ त ०६७५ नम्बरको ट्याक्टरमा सवार सदाय हिजो साँझ ५ बजे ट्रयाक्टरबाट खस्नुभएको हो ।  

ट्रयाक्टर सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ०९ बजे