दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

ब्रेन ट्युमरबाट पीडित पत्रकार महतको उपचारमा आर्थिक सहयोगको अपिल

रौतहट । रौतहटका पत्रकार फणी महत ब्रेन ट्युमरबाट पीडित हुनुभएको छ । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको अहिले काठमाडौ‌ँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकले ब्रेन ट्युमरको तत्कालै शल्यक्रिया गर्नुपर्ने भनेकाले महतको शल्यक्रियाका लागि तयारी भइरहेको अस्पतालमा महतसँगै रहनुभएका नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष कमल उपाध्यायले जानकारी दिनुभयो । 

पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्यक्तिले आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । सहयोग गर्न चाहने इच्छुक व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर १९७०१०००००१२१०१० मा रकम जम्मा गरिदिन सक्नुहुनेछ ।

अन्नपूर्ण पोष्टका रौतहट संवाददातासमेत रहनुभएका महत रौतहटको चन्द्रनिगापुरबाट सञ्चालक रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाको सञ्चालक पनि हुनुहुन्छ ।

प्रेस चौतारी नेपालको मधेश प्रदेशका अध्यक्षसमेत रहनुभएका महत करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । 
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ०५ बजे