दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

यी प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडाैं – आज  मुलुकका केही प्रदेशमा वर्षाकाे सम्भावना छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन /चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आँकलन गरिएकाे छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : ०१ बजे