आज वर्षाको सम्भावना

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुको मसाल जुलुस

काठमाडौं – पेट्रोलियम पदार्थमा गठबन्धन सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ ।

आज दिउँसो अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेको हो । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुले बोकेको मसाल खोसेर निभाएको थियो ।

नेपाल आयल निगमले आइतबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ६ : ३१ बजे