आज वर्षाको सम्भावना

इन्द्रावतीका नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता ६० नाघेका विदुरलाई मासिक ५ सय भत्ता दिने 

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष झम्क नेपालले पदभार ग्रहण गर्नुभएको छ । बिहीबार जिल्ला न्यायधिस समक्ष शपथ ग्रहण गरे लगत्तै अध्यक्ष नेपालले गाउँपालिकामा आएर पदभार ग्रहण गर्नुभएको हो । 

नवनिर्वाचित अध्यक्ष नेपाललाई निवर्तमान अध्यक्ष बंशलाल तामाङसहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरूले स्वागत गर्नुभएको थियो । 

यस्तै पदभार ग्रहण गरेसँगै अध्यक्ष नेपालले ६० वर्ष नाघेका विदुर बृद्धलाई महिनाको ५ सयका दरले भत्ता दिने प्रतिबद्धता ब्यत्त गर्नुभएको छ । अहिले इन्द्रावतीको मेघा बैकबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको इन्द्रावती गाउँपालिकामा अध्यक्ष नेपालले वडा वडामा पुर्‍याउने प्रतिबद्धता ब्यत्त गर्नुभयो । उहाँले मोतीबिन्दु भएका नागरिकका लागि एकतर्फी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने बताउनुभयो । ६५ वर्षमाथिका आर्थिक स्थिति कमजोर भएका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गराउने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ६ : २९ बजे