आज वर्षाको सम्भावना

रेनु दाहाललाई ११ हजार बढीको अग्रता 

हेटौंडा । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको छ । 

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी मतले अग्रता बनाउनुभउको छ । उहाँले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ११ हजार १० मतले अग्रता कायम गर्नुभएको हो । 

रेनुले ४६ हजार २५५ मत प्राप्त गर्नुभएको छ । सुवेदीले ३५ हजार २४५ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २८ मत पाउनुभएको छ । 

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ४७ हजार २२८ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २७ हजार ७१ मत पाउनुभएको छ । 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ५ : ५१ बजे