मनोज पाण्डेलाई ५ दिन हिरासतमै राखिने

काठमाडौं । बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

​​​​​​​ सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।

पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतले उक्त अनुमति प्रदान गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ४ : २५ बजे