आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

स्थानीय तहमा एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी 

काठमाडौं । निर्वाचन आयोगले मतगणना सप्पन्न भएका पालिकामा नेकपा एमालेका ११ हजार ५९७ जना उम्मेदवार विजयी भएको जनाएको छ । 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उहाँहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित हुनुभएको हो । 

आयोगले वैशाख ३० गते एकैदिन देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कूल ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिनुभएको थियो । 

उम्मेदवारी दिनेमध्ये हालसम्म ३४ हजार २६९ जना निर्वाचित भइसक्नुभएको छ । आयोगका अनुसार अब ९५२ जना उम्मेदवार विजयी भएको घोषणा गर्न बाँकी रहेको छ । 

एमालेको तर्फबाट उम्मेदवारी दिनेमध्ये प्रमुखमा ७६, अध्यक्षमा १२३, उपप्रमुखमा १०१, उपाध्यक्षमा १२५, वडा अध्यक्षमा २०८४, महिला सदस्यमा २ हजार २८४, दलित महिला सदस्यमा २ हजार २३२ र सदस्यमा ४ हजार ५७२ जना विजयी बन्नुभएको छ । 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ३ : ३३ बजे