दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

उपचारमा सहयोग गर्न क्यान्सरपीडित प्रितीशोभाको अपिल  

खोटाङ । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी भतेरेकी क्यान्सर पीडित प्रिती शोभा राईले सहयोगका लागि अपिल गर्नुभएको छ । यति अस्पताल बाफलमा उपचार गराइरहनुभएकी राईले आर्थिक समस्या परेकाले सहयोगको याचना गर्नु परेको बताउनुभएको छ । 

प्रितीशोभाकी छोरी युनिसा राईको नाममा एनआइसी एसिया बैंक, सामाखुसीमा खोलिएको खाता नम्बर १७८७०२४१२४८५२४०१ मा सहयोग रकम जम्मा गर्ने सकिनेछ ।  

आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर पीडितको उपचार खर्च जुटाउन आफन्तले ‘प्रितीशोभा राई बचाउ’ अभियान चलाइरहनुभएको छ ।  बिरामीको सहयोगार्थ वडा कार्यालय महेश्वरीले गत २१ वैसाखमा सिफारिस दिएको थियो । राईलाई पोसिब्ली पुअर्ली डिफिरेन्सियटेड एडिनोकारसिनोमा पुष्टि भएको छ । 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  २ : २६ बजे