आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

मतपेटिकामा खसेको भन्दा ४१ मत बढी भेटिएपछि विवाद

रौतहट – रौतहटको फतुवा विजयपुर नगरपालिकाको एउटा मतपेटिकामा खसेको भन्दा ४१ वटा बढी मत पत्र बढी भेटिएको छ।

वडा-३ मेवाटोलको प्रावि भवनको एउटा बाकसमा मतदान भएको भन्दा ४१ वटा मतपत्र भेटिएको फतुवा विजयपुर नगरपालिकाका निर्वाचन अधिकृत नारायण वाग्लेले बताउनु भयो ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट भेटिएका ४१ वटै मतपत्रलाई सदर गर्दै मतगणनाअघि बढाउने आदेश अनुसार मतगणना जारी रहेको निर्वाचन अधिकृत वाग्लेले जानकारी दिनुभयो ।

‘४१ वटा मतपत्र भेटिएपछि केहीबेर मतगणना स्थगित भयो। केही दलका प्रतिनिधि मतगणना स्थलबाट छाडेर हिँड्नुभयो। पछि हामी फेरि बोलायौँ। केही आउनु भयो। केही असहमति जनाउँदै आउनु भएन’, निर्वाचन अधिकृत वाग्लेले भन्नुभयो, ‘आयोगको आदेश बमोजिम भेटिएका मतपत्रलाई सदर गर्दै हामी मतगणना जारी राखेका छौं।’

सो नगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार मेयर पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। माओवादी केन्द्रका उम्मेदवार पदम कुमार तिमल्सिना १ हजार ९०२ मत पाएका छन्। उनलाई नेपाली काँग्रेसका गोपाल राय यादव १६३८ मत ल्याएर पछ्याइरहेका छन्।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : २३ बजे