आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

रौतहटका दुई नगरपालिका प्रमुखमा महिला निर्वाचित

रौतहट । स्थानीय तह निर्वाचन २०७९ मा रौतहटका दुईवटा पालिकामा महिला उम्मेदवारहरू नगर प्रमुख पदमा निर्वाचित हुनुभएको छ । अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेको जिल्लामा यसपटक दुई जना प्रमुख निर्वाचित हुनुभएको हो । 

मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित हुँदा ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित हुृनुभएको छ । 

दुई महिला नगर प्रमुखमध्ये मौलापुरकी साह नेकपा एमालेबाट निर्वाचित भएमने हो भने ईशनाथकी कौशल्या देवी भने लोसपा नेपालबाट नगर प्रमुखमा निर्वाचित हुनुभयो । 
 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १२ : ५९ बजे