कपिलवस्तुमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु 

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ सौनहवामा आइतबार बेलुकी दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । 

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ७५ प ४१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको तीन जना सवार लु ८ प १५०२ नम्बरको मोटरसाइकल आइतबार बेलुकी सवा ८ बजे ठोक्किएका थिए । 

दुर्घटनामा गम्भीर घाइते भएका १५०२ नम्बरको मोटरसाइकल चालक कृष्णनगर नगरपालिका–१० बकौलीका २२ वर्षीय राजेशलाल चौरसियाको उपचारका क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो । 

घाइते भएका अर्को मोटरसाइकल चालकसहित चार जनाको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १० : ५२ बजे