आन्तरिक हवाई उडानमा अत्यधिक चाप

तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

दाङ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्काले एक हजार १६१ मतल अग्रता लिनुभएको  छ । 

उहाँले हालसम्म १६ हजार ७९६ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गर्नुभएको छ । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा  एमालेका उम्मेदवार स्यानी चौधरीले १६ हजार ७९ मत प्राप्त गरेर अग्रस्थान हुनुहुन्छ भने गठबन्धनका नेकपा(एकीकृत समाजवादी)का जोगबहादुर रानाले ११ हजार ४४५ मत ल्याउनुभएको छ । 

यसैबीच वडा नं १० मा एमालेका यमराज केसी एक हजार ८७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका ध्रुवबहादुर शाहले एक हजार २३ मत प्राप्त गर्नुभएको छ । 

अहिलेसम्म तुलसीपुरका १०  वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । हाल तुलसीपुर ११ र १२ को मतगणना जारी छ ।

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ ले मतदान गरेका थिए । 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : ३२ बजे