आन्तरिक हवाई उडानमा अत्यधिक चाप

झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

झापा । शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित हुनुभएको हो ।

उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : ०९ बजे