आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गर्नुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नवराज चापागाईँ ११ हजार ३०० मत प्राप्त गर्नुभएको छ ।

सो गाउँपालिकाको दश वडा मध्ये नेपाली काँग्रेसका छ नेकपा(एमाले) का तीन , एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेको छ ।

मोरङको १७ वटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : ०७ बजे