दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

नेपालमा थप ६ जनामा कोरोना पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९६ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ५३० जनाको एन्टिजेन परीक्षण गर्दा संक्रमणदर शून्य देखिएको छ । २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् ।

आज मृत्युदर भने शून्य छ । २४ घण्टामा १३ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमित १४१ जना रहेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ३४ बजे