सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित हुनुभएको छ । उहाँले २० हजार ८२१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी हुनुभयो । उहाँले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत ल्याउनुभयो ।
प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार ५ : ३१ बजे
प्रतिक्रिया