दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्काको अग्रता कायम छ ।
४० हजार ९९८ मतगणना हुँदा एक हजार २८७ मतान्तरले खड्काले अग्रता लिइरहनुभएको छ । खड्काले १७ हजार २७७ मत ल्याएर अग्रता लिँदा कांग्रेस गेहेन्द्र गिरीले १५ हजार ९९० मतसहित पछ्याइरहनुभएको छ ।
उपमेयरमा एमालेकै स्यानी चौधरीले १६ हजार ५८८ मतसहित अग्रता लिँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७९३ मतसहित पछ्याइरहनुभएको छ ।
प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार ५ : २१ बजे
प्रतिक्रिया