यस्तो छ आजको विनिमय दर

मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती पुगिन् प्रहरीकोमा

काठमाडौं । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन्। 
आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी हुन्।
शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरे लगत्तै सामाजिक सञ्जालमार्फत ती युवतीले प्रहरीलाई सम्पर्क गरेकी हुन्। उनले सोमबार पाण्डे विरुद्घ उजुरी गर्ने तयारी समेत गरेकी छिन् । 
आइतबार उनले महाशाखामै पुगेर घटना बारे बताएको प्रहरी निकट स्रोत बताउँछ । सोमबार पाण्डेलाई प्रहरीले जिल्ला अदालत काठमाण्डौंमा उपस्थित गराउने भएको छ । यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन्। उनको भिडियो सार्वजनिक भएसँगै पाण्डेमाथि कार्वाही गर्न चौतर्फी दबाब बढिरहेको छ । 
 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ५ : १५ बजे