माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

अमेरिकी राष्ट्रपतिद्वारा नवनिर्वाचित अष्ट्रेलियाली प्रधानमन्त्रीलाई बधाइ

टोकियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई बधाइ दिनु भएको छ ।

 नवनिर्वाचित प्रधानमन्त्री अल्बानीजलाई टेलिफोन गर्दै राष्ट्रपति बाइडेनले दुई देश बीचको गठबन्धनलाई  अझ बजबुत बनाउने विषयमा पनि छलफल गर्नु भएको ह्वाइट हाउसले जनाएको छ । 

"राष्ट्रपति बाइडेनले अमेरिका-अष्ट्रेलिया गठबन्धनप्रति संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धता रहेको र नयाँ सरकारलाई अझ बलियो बनाउनका लागि उहाँसँग मिलेर काम गर्ने आफ्नो मनसाय रहेको पुन: पुष्टि गर्नुभएको छ ।  दुई नेताबीच मङ्गलबार टोकियोमा क्वाड समूह शिखर सम्मेलनमा भेट हुनेछ ।
 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ४ : ५१ बजे