दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

सिरहा । सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो ।

सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर करिब १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिनुभयो। 

उहाँका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो, । विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने आशंका गरिएको उहाँले बताउनुभयो।

घरको छुट्टाछुट्टै कोठामा बुबा र छोरा सुतिरहनुभएको थियो । उहाँहरू सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला पर्नुभएको हो । 

बुवा एक्लै सुतेको र सन्तकुमारसँग गाउँकै १०र१२ वर्षको एक जना बालक सुत्नुभएको थियो । उहाँले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई जानकारी गराउनुभएको थियो । 

घटनाको जानकारी पाएलगतै करिब बिहान ४ बजे नै घटनास्थल पुगेको प्रहरीले घटनास्थल शील गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने बताउनुभयो । 

हामीले विभिन्न ढंगले अनुसन्धान गरिरहेका छौँ । तत्काल घटनाकाबारेमा केही बताउन सकिँदैन,’ उहाँले भन्नुभयो । प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ३ : १० बजे