दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

भरतपुर अपडेट : ३३ हजार ६०७ मत गन्न बाँकी, ८०५९ मतले रेणुको अग्रता

चितवन । भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गनेर सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हो । 

गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गर्नुभएको । भने एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत प्राप्त गर्नुभएको छ । दाहाल सुवेदीभन्दा आठ हजार ५९ मतले अगाडि हुनुहुन्छ । 

मेयरमा कांग्रेसबाट बागी उमेदवारी दिनुभएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत प्राप्त गर्नुभएको छ । अहिले भरतपुर–२० र २१ नम्बरको मत गणना भइरहेको छ । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  २ : ११ बजे