दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

खोटाङमा माझी समुदायबाट एकजना जनप्रतिनिधि 

खोटाङ । स्थानीय तहको निर्वाचनमा  खोटाङका माझी समुदायबाट एकजना मात्र जनप्रतिनिधि चुनिनुभएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी वडा सदस्यमा विजयी हुनुभएको हो । ३७ वर्षीय माझीले कांग्रेसकातर्फबाट ७०२ मत ल्याएर वडा सदस्य जित्नुभएको हो । पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका माझीले गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताउनुभयो ।

विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियाशिल सदस्यता लिनुभएको थियो । ‘पाँच वर्ष विदेशमा बसेँ । अव विदेश जान्न यही ठाउँको सेवा गर्छु,’ माझीले भन्नुभयो, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्नेछु ’, लामीडाँडामा कांग्रेसका चार वडा सदस्य विजयी हुँदा वडाध्यक्षमा भने एमालेका बिरेन्द्र मगर निर्वाचित हुनुभएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडासदस्यमा विजयी हुनुभएको थियो । यस्तै,  दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा मनोनित हुनुभएको थियो । यसपटक भने सोमबहादुर माझी समुदायबाट एक्लो जनप्रतिनिधि बन्नुभएको छ । 

जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायतका सुनकोसी र दुधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पुर्खौली पेशा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आइरहनुभएको छ । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १ : ४८ बजे