काभ्रे — नेकपा एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण बहिस्कार गरेका छन् ।
बनेपा नगरपालिकामा ‘ठूलो दल’को रुपमा निर्वाचित भएको नेकपा एमालेसँग कुनै सल्लाह नै नगरी शपथ ग्रहण कार्यक्रम राखिएको भन्दै उनीहरुले सपथग्रहण कार्यक्रम नै बहिष्कार गरेका हुन् ।
बनेपामा एमालेले उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, उपप्रमुख एमालेकी विमला सापकोटा दाहाल निर्वाचित हुनुभएको थियो । नगरप्रमुखमा निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिनुभएको छ ।
प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार १ : ३३ बजे
प्रतिक्रिया