दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

व्यास नगरको प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

तनहुँ।  व्यासनगरपालिकामा बुधबार साँझदेखि थालिएको मतगणना  हालसम्म जारीे छ । कूल खसेको तीस हजार २४७ मतमध्ये चौबिस हजार १८७ मतगणना भएको छ । मत गणनामा शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

आइतबार बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशी नौ हजार ६०६ मत पाउनुभएको छ । कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ । त्यसैगरी उपप्रमुखमा कांग्रेसकी इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी बसुन्धरा घर्तीले आठ हजार तीन सय सात मत पाउनुभएको छ । चौध वटा वडा रहेको यस नगरपालिकामा अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ । सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : ३६ बजे