दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

भरतपुरमा रेणु ७८५४ मतले अगाडी

चितवन – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाउनु भएको छ ।

९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ७८५४ को मतान्तर बनाउनु भएको हो ।

दाहालले ३६ हजार २७२ मत पाउँदा सुवेदीले २८ हजार ४१८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाउनु भएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : १५ बजे