दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

स्वतन्त्रबाट वडाध्यक्ष जितेका चक्रप्रसाद शर्मा एमाले प्रवेश

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै भैरवी गाउँपालिका–४ को वडाध्यक्षमा निर्वाचित चक्रप्रसाद शर्मा एमालेमा फर्किनु भएको छ । स्वतन्त्रबाट वडाध्यक्ष जित्नुभएका शर्मा एमालेमा फर्किनु भएको हो । 

वडाध्यक्ष शर्माले आज शनिवार एक विज्ञप्ति जारी गर्दै एमालेमा फर्किने निर्णय गर्नुभएको हो । स्थानीय तहको चुनावताका वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनु भएका उहाँले लामो समय एमालेमा योगदान गरेकाले एमालेमा फर्किएको उल्लेख गर्नुभएको छ ।

उहाँले ५८० मत ल्याउँदै भैरवी गाउँपालिका–४ को वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : ०७ बजे